हार्दिक आव्हान

आदरणीय कश्यप गोत्रीय अधिकारी वन्धुहरु,
हरेक मान्छेको निजी पहिचान राष्ट्रिय वर्गीय तथा जातीय पृष्ठभूमिबाट निर्माण भएको हुन्छ । त्यसैले आफ्नो छुट्टै तथा विशिष्ट पहिचानका लागि राष्ट्र, वर्ग तथा जातिको उत्थानका बारेमा सोच्नु नितान्त आवश्यक हुन्छ । यसै शास्वत सत्यलाई मनन गरी नेपाल राष्ट्रको र नेपाली जातिको शैक्षिक, राजनीतिक, सामाजिक र आध्यात्मिक आदि विविध क्षेत्रमा कश्यप गोत्रीय अधिकारी वर्गले सक्दो योगदान पु¥याएको पाइन्छ । नेपालका हिमाली, पहाडी, तराई जुनसुकै भूमिमा उभिएर हेरे पनि यो छर्लङ्ग देखिन्छ, तर हेर्न सकिएको रहेनछ भन्ने अनुभव भएको छ । शिक्षापे्रमी, सिद्धयोगी, आबाल ब्रम्हचारी बालागुरु षडानन, पहिला नेपाली उपन्यासकार सदाशिव शर्मा, शहीद कृष्णलाल, विद्धान कोमलनाथ, दुर्गानाथ, अम्बिका प्रसाद लगतय धेरै उच्च व्यक्तित्वका बारेमा हामीलाई थोरै मात्र जानकारी हुनु यसको प्रमाण हो । अधिकारीको योगदानको लेखाजोखा गर्नुको अर्थ अरु वर्गको योगदानप्रति आँखा चिम्लनु होइन न त साम्प्रदायिकताको विषवृक्ष रोप्नुनै हो । यहाँ त मात्र कश्यप गोत्री अधिकारी वर्गको वंश विकासको खोजी गर्नु हो र यो हाम्रो प्रथम प्रयास पनि होइन । यसभन्दा पूर्व अधिकारी तथा गैरअधिकारी इतिहासकारहरुबाट अधिकारीको वंशावली अध्ययन योगदानको लेखाजोखा र संगठित गर्ने प्रयासहरु पनि भएकै हुन् । पूर्णप्रकाश नेपाल यात्रीको सेती अञ्चल दिग्दर्शन, डा. सूर्यमणि अधिकारीको पश्चिम नेपालको ऐतिहासिक अन्वेषण, धान्यप्रसाद अधिकारीको अधिकारी वंश परिचय, योगनाथ अधिकारीको अधिकारी वंशावली, पे्रमनारायण अधिकारीको राज्य उदयपुरको इतिहास र अधिकारी वंशावली, विन्धेश्वर प्रसाद अधिकारीको अधिकारी वंशावली, वंशावली प्रकाशन समिति दाङको उदयपुर राज्यको इतिहास तथा अधिकारी वंशावली, कश्यप गोत्रीय अधिकारी वंशावली प्रकाशन समितिको कश्यप गोत्रीय अधिकारी वंशको इतिहास आदि यसका उदाहरण तथा प्रमाण हुन् । पूर्वजहरुका यिनै प्रयासका पाइलाहरु र वर्तमानमा छरिएर रहेका र संगठीत हुने अवसरको प्रतिक्षा गरिरहेका अधिकारी कुलपूजाका विभिन्न स्थानमा गठित समितिहरुलाई समन्वय गरी सबैको सल्लाह, सुझाव र छलफलको आधारमा नेपालको मध्य भागमा अवस्थित प्रसिद्ध तीर्थस्थल देवघाटधामलाई कुलतीर्थको रुपमा मानेर कुलपति कश्यप ऋषिको आश्रम निर्माण गर्ने, वंशावली निर्माण गर्ने तथा समाज र राष्ट्रका लागि सक्दो सहयोग गर्ने योजनाहरु बनाउने जस्ता पवित्र तथा महान उद्देश्यले भरतपुर चितवनमा हालै एउटा १३ सदस्यीय भेला आयोजक समितिको निर्माण गरिएको छ । सो समितिले पटक–पटक वैठक बसी २०६६ भाद्र २७ गते चितवनमा वृहत अधिकारी भेलाको आयोजनागर्ने निर्णय गरेको छ । सो भेलामा उपस्थित भै सल्लाह, सुझाव तथा मन, वचन र कर्मले सहयोग गर्न हार्दिक आव्हान गरिन्छ ।
भेला आयोजक समिति
कश्यप गोत्रीय अधिकारी वर्ग
चितवन