समग्र बन्धुहमा विशेष आग्रह

कश्यप गोत्रीय अधिकारी समाज नेपाल, देवघाटधाम चितवनको प्रथम महाधिवेशन मकरसत्रफन्ति २०६७ ले पारित गरेको राष्ट्रव्यापी सरोकार भएका निम्न प्रस्तावहरुमा समग्र बन्धुहरुको ध्यानाकर्षणका लागि सूचना प्रकाशित गरिएको छ । आवश्यक जानकारी उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध छ ।
१) कश्यप/काश्यप गोत्रका अधिकारी छात्र छात्रा मध्ये यसै शैक्षिक वर्षबाट एस.एल.सि.परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने १/१ जनालाई पुरस्कृत गरिने भएकोले लब्धाङ्क पत्रको प्रतिलिपी सहित श्रावण मसान्तसम्मा संस्थामा आइपुग्ने गरी प्रेषीत गर्न संस्थाको इमेल ठेगानामा उपलब्ध गराउन हुन अनुरोध छ ।
२) यस समाजले कश्यप/काश्यप अधिकारीका जेष्ठ अभिभावकहरुको अभिलेखीकरण गर्ने र जेष्ठताको आधारमा सम्मान गरिने भएकोले ८४ वर्ष पार गरिसक्नु भएका वृद्ध–वृद्धाहरुको नामावली उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ ।
३) पारित प्रस्ताव अनुसार कश्यप/काश्यप गोत्रीय बन्धुहरुका वंश परम्परा र वंशावली सम्बन्धी शोधमूलक ग्रन्थहरुको संकलन गरिने भएकोले सम्बन्धित कृतिकारहरुलाई कृति उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

कश्यप गोत्रीय अधिकारी समाज, नेपाल २०६८
देवघाटधाम, चितवन पफेन : ०५६–५२५६६४
इमेल ः adhikarikashyap1@yahoo.com

Leave a Comment

Your email address will not be published.