शिलान्यास कार्यत्रफ्मको प्रतिवेदन

– २०६८।०१।२३ अक्षय तृतीया
देवघाटधाम, चितवन

आज कश्यप गोत्रीय अधिकारी समाजको तेस्रो स्थापना दिवस तथा कश्यप आश्रमको शिलान्यास कार्यत्रफ्म कश्यप गोत्रीय अधिकारी समाज, नेपाल केन्द्रीय समाजसेवी तथा दानवीर शेषकान्त अधिकारीको प्रमुख आतिथ्य, आयुर्वेद अध्ययन संस्थान, नेपाल संस्कृत विश्वविद्यालय दाङ्गका डीन डा.श्री रामेश्वर अधिकारीको विशिष्ट आतिथ्य, बयोवृद्ध माता (स्व.डा.सूर्यमणि अधिकारीको ममतामयी आमा) श्रीमती पार्वती अधिकारी चितवन, अधिकारी वंशावली अध्ययन प्रतिष्ठानका संयोजक एवं केन्द्रीय सदस्य श्री चन्द्रमणि अधिकारी, अधिकारी कल्याण प्रतिष्ठानका संयोजक एवं केन्द्रिय सदस्य श्री नरेन्द्र अधिकारी भफपा, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भफपाका केन्द्रीय सदस्य श्री चन्द्रमणि अधिकारी, अधिकारी कल्याण प्रतिष्ठान हेटौंडा मकवानपुरका श्री सुदर्शन अधिकारीको विशेष आतिथ्य एवं वासुदेव अधिकारी र सरस्वती अधिकारी तनहुँ, सरस्वती अधिकारी काठमाडौं, घनश्याम अधिकारी नवलपरासीको आतिथ्यमा सञ्चालित उत्तफ् कार्यत्रफ्म कार्यसमितिका सदस्य श्री रामहरि अधिकारीले संचालन गर्नुभएको थियो भने समितिका उपाध्यक्ष श्री जगत केशरी अधिकारीले स्वागत मन्तव्य दिनु भएको थियो ।
कार्यत्रफ्म बिहान ८ः०० बजे प्रारम्भ भएको थियो र ठीक ९ः०० बजेको शुभ साइतमा प्रमुख अतिथिबाट कश्यप आश्रमको शिलान्यास भएको थियो । नैष्ठिक एवं प्रकाण्ड विद्धान महेश संस्कृत गुरुकुल विद्यापवीठका प्राचार्य डा.श्री गरुप्रसाद सुवेदीका पवित्रवाणी पूर्ण विवि विधान एवं गुरुकूलका वटुकहरुको स्वस्ति वाचन र समाजका अध्यक्ष श्री कृष्णप्रसाद अधिकारीको नेतृत्वमा शिलान्यास कार्यत्रफ्मले पूर्णता प्राप्त गरेको थियो ।
शिलान्यास कार्यत्रफ्मपछि निरन्तरता पाएको औपचारिक कार्यत्रफ्ममा समाजका महासचिव श्री बुद्धिनाथ अधिकारीले कश्यप गोत्रीय अधिकारी समाज नेपालको स्थापना गतिविधि तथा समाजको मुख्य उद्देश्य देवघाटधाममा विशाल कश्यप आश्रमको निर्माण वंशावली लेखन तथा कश्यप गोत्रीय अधिकारीहरुको कुलतीर्थको रुपमा देवघाटधामलाई स्थापना गर्नु रहेको जानकारी दिनु भएको थियो । त्यसै गरी समितिका वयोवृद्ध सदस्य श्री पफ्णीन्द्रराज अधिकारीले शुभकामना मन्तव्यको त्रफ्ममा आश्रमको पहिलो मूलद्धारा निजी खर्चमा निर्माण गरिदिने प्रशंसनीय कार्यको घोषणा गर्नुभएको थियो भने विशेष अतिथि श्री सुदर्शन प्रसाद अधिकारीको रु. पचास हजार आर्थिक सहयोग सहित समाजलाई भविष्यमा पनि सहयोगमा निरन्तरता दिने र यदि कुनै अधिकारी बेरोजगार भएर बाँच्नका लागि बाटो खोजेको जानकारी पाएमा मार्ग निर्देशन सहित सहयोग गर्ने वचनवद्धता व्यत्तफ् गर्नु भएको थियो । त्यसरी नै समाजको स्थापना प्रशसंनीय, गतिविधि विश्वसनीय उद्देश्य सह्राहनीय भएकोले सम्पूर्ण कश्यप/काश्यप अधिकारी बन्धुहरुबाट सहयोग हुनुपर्ने विचारका साथै सम्पूर्ण अतिथिज्यूहरुले शुभकामना व्यत्तफ् गर्नुभएको थियो । धन्यवाद मन्तव्यको त्रफ्ममा समाजका उपाध्यक्ष श्री देवीरमण अधिकारीले उदारमना दाताहरुको सूची बढ्दै गएमा आपूफ्ले समाजलाई रु. पाँच लाखसम्म सहयोग गर्ने सङ्कल्प गर्नुभएको थियो । अक्षय तृतीया जस्तो पवित्र तिथि परेको हुनाले सर्वत पानी तथा प्रसाद वितरणका लागि पार्वती, वसन्तप्रसाद, इश्वरी, देवीप्रसाद, ऋषिराम, कृष्णबन्धु, दामोदर, घनश्याम, लेखनाथ, वासुदेव, रविलाल, चन्द्रप्रसाद, बामदेव, एकनारायण, हरिप्रसाद, नारायणदत्त, मधुसुदन, विप्लव, गिरीधारी, गोपीप्रसाद, विष्ण विलास, रुकमाया र त्रिलोचन अधिकारी समेतका बन्धुहरुको आर्थिक सहयोग पुर्‍याउनु भएको थियो । सहभागीका साथै एन.आर.एन, वृद्धाश्रमका बुबा–आमालाई सातु सर्वत तथा खाजा प्रसाद वितरण गरिएको थियो । ठिक एघार बजे आफ्नो मन्तव्य सहित सभापतिले कार्यत्रफ्मको समापन गर्नुभएको थियो ।
आयोजकका तपफर््बाट निमन्त्रणापत्र तथा सञ्चारका माध्यमबाट प्रर्याप्त सूचना प्रवाह गरिएको भनिए पनि विवाह, ब्रतबन्ध तथा पूजापाठ, शिलान्यास, प्राणप्रतिष्ठा जस्ता कार्यत्रफ्महरुका लागि अक्षय तृतीया उत्तम तिथि मानिएको र धेरै कार्यत्रफ्मको आयोजना भएको कारणले उपस्थिति अपेक्षा गरेअनुसार नभएपनि उपस्थिति राम्रो थियो, कार्यत्रफ्म निर्विघ्न सम्पन्न भयो ।

प्रतिवेदक
शिवराज अधिकारी
युवराज अधिकारी

Leave a Comment

Your email address will not be published.