भेलाको उद्देश्य र समितिको गतिविधि (भेलामा प्रस्तुत)

– सचिव जगतकेशरी अधिकारी

भौगोलिक विषमता, जातीय विविधता, धार्मिक अनेकता, साँस्कृतिक बहुलता र प्राकृतिक विभिन्नताका बिचमा पनि भावनात्मक एकता भएको देह हो नेपाल । त्यसमा पनि चितवन यस्तो जिल्ला हो जसमा हरेक धर्म, सम्प्रदाय वर्ग आ–आफ्ना मौलिक संस्कार संस्कृति तथा इतिहासको खोज अनुसन्धान गरी एकता भित्र पनि अस्तित्व रक्षाका लागि सत्रिफ्यताका साथ लागेका छन् । यो नितान्त आवश्यक पनि छ । कारण हरेक व्यत्तिफ्को निजी पहिचान उपको वर्गीय अस्तित्वसँग जोडिएको हुन्छ । आपूफ्मात्र बाँचेर होइन, आफ्नो पहिचान पनि बचाएर चल्नु हरेक युगको आवश्यकता, कर्तव्य र दायित्व हुन्छ । यसै सोच, विचार र चिन्तनद्वारा अभिप्रेरित भई हामी चितवनका कश्यप गोत्रीय अधिकारीहरुले आफ्नो कुल वंश परम्पराको खोजी पहिचान, संरक्षण, सम्वर्द्धन र केन्द्रीकरण गर्ने जमर्को गरेका छौं ।
कश्यप गोत्रीय अधिकारी वंशको इतिहास हेर्दा पश्चिमी नेपालको जुम्ला जिल्लाको सिंजाबाट प्रारम्भ भएको र त्यहाँबाट पर्वत, कास्की, तनहुँ, लमजुङ्ग हुँदै पूर्वतिर लागेको देखिन्छ । हाल अधिकारीहरु नेपाल मात्र होइन भारतका विभिन्न प्रान्त, भुटान, वर्मा लगायत विभिन्न देशहरुमा बसोबास गर्न पुगेका छन् तर जहाँ पुगेका छन् त्यहाँ आफ्ना कुल देवताप्रति आस्था प्रकट गरेकै छन्, मठ मन्दिर निर्माण गरेका छन्, पूजा अर्चना गरेका छन् र वंशावली अनुसन्धानमा प्रयासहरु गरेका छन् तर राष्ट्रिय स्तरमा केन्द्रीकरण हुन नसकेको अवस्था भने विचारणीय रहेको छ । त्यसैले आस्थाको एउटा मूलथलो बनाई पवित्र तीर्थस्थल आदिप्रयाग देवघाट धामलाई कुलतीर्थको रुपमा स्थापना गर्ने मुख्य उद्देश्यले त्यसको पृष्ठभूमि तयार गर्न २०६६ बैशाख १८ गते श्री लेखनाथ अधिकारीको संयोजकत्वमा १३ सदस्यीय भेला आयोजक समिति गठन गरियो । यो समितिले पटक–पटक वैठक बसी आजको मितिलाई भेला आयोजना गर्ने दिन निर्णय गर्‍यो र संयोजककै घरमा सम्पर्क कार्यालयको स्थापना गरी कार्य प्रारम्भ गर्‍यो । हालसम्म यस समितिले १३ पटक बैठक र १ पटक भेला गर्‍यो । नवलपरासी, लमजुङ्ग, तनहुँ, कास्की, मकवानपुर र काठमाडौंसम्म सम्पर्क र प्रचार गरेको छ । निमन्त्रणापत्र, पम्पप्लेट वितरण तथा पारिवारिक लागत जम्मा गर्ने प्रयास गरेको छ । पफरम वितरण गरी दर्ता शुल्क रु.१००।– लिएर २४४ परिवारको विवरण तयार पारिसको छ । लगत लिने काममा निरन्तरता छ । दर्ता शुल्कका साथै भेला आयोजनाका लागि सहयोग स्वरुप विशेष चन्दा शीर्षकमा पनि हामीले खर्च संकलन गरेका छौं, जसको पूर्ण विवरण आर्थिक उपसमितिको प्रतिवेदनमा आउने छ । यसका साथै एपफ्.एम. रेडियो मापफर््त पनि समितिले प्रचार–प्रसार गर्ने काम गरेको छ । प्रचार–प्रसार आर्थिक मञ्च व्यवस्थापन लगायत ७ वटा उपसमिति गठन गरी भेलाको तयारीमा समिति जुटेको छ । देवघाटको उपयुत्तफ् स्थानमा जग्गा खरिद गरी कश्यप ऋषिको आश्रम निर्माण गर्ने जसमा कश्यपको मूर्ति, विन्ध्वासिनी देवीको मन्दिर शिवालय र धर्मशाला आदि रहने छन् । स्रोत र साधन जुटेमा वृद्धाश्रम, पुस्तकालय गौशाला आदि निर्माण गर्ने दीर्घकालीन सोच समेत समितिको योजना भित्र रहको छ । यिनै कार्यहरु सम्पादन र सम्पन्न गर्न सरसल्लाह, सुभफव, सहयोग, निर्देशन तथा तदर्थ समितिको गठनका लागि यो भेलाको आयोजना गरिएको हो, भेलाले जे निर्णय र निर्देशन दिन्छ त्यसै अनुसार कार्यत्रफ्म अगाडि बढ्ने कुरा म निवेदन गर्न चाहन्छु र तदर्थ समितिमा रही पूर्णकालीन रुपमा सेवा गर्न चाहने बन्धुहरुलाई हार्दिकताका साथ सम्पर्कमा आउन अनुरोध गर्दछु । पूर्फ्सदको समय पितृ उद्धार तथा वंश उत्थानको कार्यमा लगाउन पाउनु ठूलो अवसर हो भन्ने म ठान्दछु ।
आज सामान्य जीवन चलाउनका लागि पनि अत्यन्त व्यस्त हुनुपर्ने अवस्था छ, हरेक व्यत्तिफ् वेपूर्फ्सदी छ तापनि यस्ता धार्मिक, सामाजिक तथा साँस्कृतिक कार्यहरुका लागि समय र सहयोग उपलब्ध गराउनु हुने हरेकको दायित्व र कर्तव्य हो भन्ने सम्भफ्रे गरिएका ठूला–ठूला सामाजिक कार्यहरु समाजका सद्भाव र सहयोगका स्रोत बनेका धेरै उदाहरणहरु छन् । त्यसैले हामीले पनि आफ्नो कुल वंशको सम्मान, उत्थान र विकासका लागि केही गरौं भन्ने उद्देश्य, विचार तथा चिन्तन लियौं भने हाम्रो योजना असम्भव पक्कै हुनेछैन । हाम्रा योजनाहरु त्रफ्मिकरुपमा पूरा हुँदै गएमा कश्यप गोत्रीय अधिकारी वंशको सिङ्गो वंशावली तयार गर्ने तथा कश्यप र काश्यप भन्ने विभेदको विवादको प्रामणिक निर्णय गर्ने जस्ता जटिल कार्य तपफर्् पनि उन्मुख हुने हाम्रो दीर्घकालीन योजना छ । साथै समाजमा सेवामूलक रचनात्मक कार्य गर्न सकिने सम्भावना पनि त्यतिकै प्रवल देखिन्छ । यिनै अल्पकालीन तथा दीर्घकालीन योजनाहरु पूरा गर्नका लागि सुभफव सल्लाह र सहयोगको अपेक्षा गरी यो भेलाको आयोजना गरिएको हो । जिम्मेवारी हामी सबैको समान हो, हामी निमित्त बनेर देखिएका मात्र हौं, आगामी कदमका लागि यो भेलाको जो निर्देशन ।
जय कश्यप !

२०६६।५।२७
कालिका मन्दिर, भरतपुर १०, चितवन

Leave a Comment

Your email address will not be published.