नेपालमा एकमात्र ब्राह्मणराज्यका अधिकारी वंशका राजाहरू तथा अन्य ऐतिहासिक व्यत्तिफ्हरु

अधिकारी वंशका राजाहरु
वि.सं. १०३८ तिर जुम्लाको सिन्जा उपत्यकामा नागराजले राज्य सञ्चालन गरेका थिए । उनलाई राजकाज सञ्चालन गर्ने निपूर्ण तथा धर्मशास्त्रमा पारङ्गत व्यक्तिको खाँचो परेको थियो । त्यसै समयमा भारतको अलिनापुर भन्ने स्थानबाट नेपाल प्रवेश गरेका बहुप्रतिभावान् विद्वान्, धर्मशास्त्रका ज्ञाता ‘सामुपण्डित’ लाई आफ्नो राज्य सञ्चालनमा सहयोग लिई राजकाज चलाएका र उनलाई जुम्लाको जुगाड चिल्खाया नगिचै खिड्किसैन भन्ने ठाउँमा ब्रह्मविर्र्ता दिई बसोबासको व्यवस्थासमेत गराएका थिए । यिनै सामु पण्डित कश्यपगोत्रीय अधिकारीका प्रथम पुरुष हुन् भनी विसुधा अधिकारीद्वारा लिखित “खिडकिसैन अधिकारीको पुरानो वंशावली” मा प्रथम पुरुष सामु पण्डित सिंञ्जा जुगाडा चिल्खाया भनि उल्लेख गरिएको छ । साथै उक्त वंशावलीलाई योगी नरहरीनाथले ईतिहास भाग २ मा र डा. सूर्यमणि अधिकारी कश्यप गोत्रीय अधिकारी वंशको ईतिहास भन्ने किताबको “अधिकारी वंशको प्रादुर्भाव र विस्तार” भन्ने लेखमा प्रस्ततु गर्नु भएको छ ।
यसरी सामु पण्डितलाई अधिकारी वंशको प्रथम पुरुष भन्दा यिनका ३७ औँ पुस्ताका जसुधर उपाध्याय कार्कीको समयमा नेपालमा स–साना टुक्रे राज्यहरू रहेका र उनीहरू बिचमा झै–झगडा भै रहेको थियो । दाङ्ग, भित्रिकोटे तथा छिल्लीकोटे राजाहरूमा पनि वैमनुष्यता तथा झगडा भयोे । उक्त अवसरमा यिनै जसुधर कार्कीले बुद्धिमत्तापूर्वक दुवैलाई मिलाई मध्यस्थता गराएर र दुवै राज्यको बिचमा पर्ने प्युठान भू–भाग आफ्ना हातमा पारि छुट्टै राज्य खडा गरि राजकाज संचालन गरेको ईतिहास छ । यसरी खडा भएको प्युठान राज्यमा उनी समेत सत्र पुस्ताले अकण्टक राज्य संचालन गरका छन् । उक्त राज्यमा राजकाज चलाउने राजाहरू निम्नानुसार छन् ।

Leave a Comment

Your email address will not be published.