गोत्र चलनमा कश्यप र काश्यपको उच्चारण भेद

‘कश्यप’ गोत्रका प्रवर्तक अथवा आदिपुरुष कश्यप ऋषि भएकोमा विवाद छैन । तर काश्यप गोत्र उच्चारकहरुका लागि भने उनीहरुले भन्ने गरेको ‘काश्यप’ शब्द कश्यपकै अपभ्रंशित रुप हो अथवा ‘काश्यप’ नै ठीक हो भन्ने बारेमा शास्त्रीय तरिकाबाट विश्लेषण हुनु जरुरी देखिन्छ ।
गोत्ररुपी वृक्षका जरा र हाँगाबिगालाई प्रस्ट्याउन पर्दा गण र प्रवरलाई सँगसँगै नियाल्नु पर्दछ । कश्यप गोत्रको प्रवर्तकका त्रफ्ममा गण र प्रवर बारे अघिल्लो पच्छिेदमा शास्त्रीय आधारमा व्याख्या गरिसकिएको छ । शास्त्र प्रमाण अनुसार कश्यप ऋषिका गण र प्रवरको प्रसङ्गमा ‘कश्यप’ गोत्र भन्न शास्त्रीय आधारमा मिल्दैन । ‘कश्यप’ गोत्र नै भन्नु पर्दछ । तर व्यवहारमा कश्यप गोत्रकै गण र प्रपरको प्रचलन गर्नेले पनि काश्यप गोत्र भन्ने गरेबाट कश्यप र काश्यप एकै हुन् कि भन्ने भ्रम सिर्जना हुन गएको छ । यसमा शास्त्रले ‘कश्यप’ र ‘काश्यप’ लाई एकै किसिमले प्रयोग गर्ने गरिएबाट के भन्न सकिन्छ भने ‘कश्यपस्य अपत्यम् पुमान् काश्यपः’ अर्थात् कश्यप ऋषिका सन्तान काश्यप हुन् भन्ने आशयबाट ‘काश्यप’ र ‘कश्यप’ को तत्वसार एउटै हो भन्ने अर्थ लगाई प्रयोग गरिएको हुन सक्दछ तर यो होइन ।
यहाँनेर के स्पष्ट हुनुपर्दछ भने ‘कश्यप’ र ‘काश्यप’ छुट्टाछुट्टै नाम हुन् । कश्यप ऋषिका सन्ततिहरुको गण अनुसार प्रवर निर्धारण गरिएको छ । त्यसैले अघिल्लो परिच्छेदमा उल्लेख गरिएका गण र प्रवरको चलन गर्नेहरुले आफ्नो गोत्र ‘कश्यप’ हो भनी यकीन हुनुपर्दछ । गोत्र ‘काश्यप’ उच्चारण गर्ने तर गण र प्रवर भने कश्यप गोत्रकै चलन गर्दा अल्पज्ञानको पीडावोध गर्नु सिवाय अरु केही पफ्ल छैन ।
साभारः पूर्ववत

Leave a Comment

Your email address will not be published.