कुलपूजा वा देवालीसम्बन्धी

– रघुनाथ अधिकारी ‘निलम शेखर’

कुलपूजा वा देवाली समाज विकासको पूर्वपूँजीवादी चरण ९एचभ(अबउष्तबष्कित कतबनभ० वा सो भन्दा अघिल्लो चरणमा रहेका जातिहरुको विशेष प्रचलन हो । मानिसहरुले आफ्नो यायावर जीवन वा सिकार र सङ्ग्रहको युगबाट पशुपालन र स्थायी रुपमा खेतीको युगमा प्रवेश गरेपछि मूलतः कुलपूजाको विकास भएको हो । कुलपूजा मानवविश्वासमा रहेका आदिभौतिक कल्पजीवहरुसँगको सम्बन्धको प्रगाढीकरण र नवीकरणको प्रयास हो । आफ्ना सांसारिक कार्यहरु माथि आदि भौतिक जीवहरुको सकारात्मक सहयोग रहोस् र विघ्नबाधा नपरोस् भनी अधिष्ठात्री/अधिष्ठाता देवीदेवताको पूजा गरिने दिन हो कुलपूजा वा देवाली ।
कश्यप गोत्रीय अधिकारीहरुको कुलपूजाको परम्परा स्थान विशेषको आधारमा फरक–फरक पाइन्छ भने कतिपय ठाउँमा बसोबास गर्ने अधिकारीहरुले कुलपूजाको प्रचलन छोडिसकेका छन् । कुलपूजा गर्नेहरुले पनि फरक–फरक समय मगर्ने चलन छ । बैशाख चण्डीपूर्णिमा, मङ्सिर धान्यपूर्णिमा, वसन्तपञ्चमी जा अन्य पञ्चमी देवाली गरिने केही तिथिहरु हुन् । स्थान विशेषमा कसैले छ–छ महिनाको उद्यौली र उभौली, कसैले एक वर्ष, कसैले दुई वर्ष, कसैले पाँच वर्ष र १२ वर्षको अवधिमा कुलपूज ागर्ने चलन छ ।
कुलपूजा वा दिवाली गर्दा यसअघिको दिवालीपछि घरमा भएका मुख्य घटनाहरु जस्तो जायाजन्म, मृत्यु, विवाह, ब्रतबन्ध, नयाँघरको निर्माण, बसाइँसराइ जस्ता प्रमुख घटनाहरुमा कुलदेवताहरुको सहमति वा अनुमोदनका लागि गरिने कार्य हो । देवाली परम्परागत रुपमा पशुवली प्रथाबाट गरिन्थ्यो तर हाल आएर कतिपय ठाउँमा अहिंसात्मक (वैष्णवी) विधिबाट गरिन्छ । वैष्णवी विधिबाट दिवाली गर्नेहरुले प्रतिघटना एक नरिवल, झोली र कपडा (चोली) चढाउने चलन पाइन्छ । कुलपूजाको प्रक्रिया निर्धारण कुलका जान्ने मानिस वा धामीले गर्दछन् ।
कुलपूजाकै एक स्वरुप हो गोठधुप । पशुपालन युगबाट सुरु भएर गोठहरुको वृद्धि र प्रवद्र्धनका लागि गोठ र पशु मामिलासँग सम्बन्धित गोष्ठादि देवताहरुको पूजा हो यो । नेपालको पहाडी भूगोलमा मौसम परिवर्तनसँगै गर्मी बढेपछि बैशाख चण्डीपूर्णिमामा आफ्ना गाईवस्तु (गोठ) लाई लेकतिर लाने अर्थात् उँभो लाने कार्यलाई उभौंली र जाडो बढेपछि मङ्सिर धान्यपूर्णिमाका दिनबाट औलतिर झार्ने अर्थात् उँधो लाने कार्यलाई उधौली भनिन्छ । आफ्ना पशुहरुलाई नयाँ ठाउँमा लाँदा कुनै असननष्ट नहोस् र आफ्ना देवताहरु सहयोगी बनून् विघ्नबाधा नपरोस भनेर गर्ने पूजा नै गोष्ठिादि पूजा वा गोठधुप हो ।

साभार : नेपालका अधिकारीहरु २०६६

Leave a Comment

Your email address will not be published.