कश्यप समाज, कुलधर्म र कुलायन पूजा परम्परा

– चन्द्रकान्त अधिकारी
कापफ्लडाँडा, गोरखा

१. कश्यप समाज
कश्यप/काश्यप सागरको आसपास आर्यहरुको उद्गमस्थल मानिन्छ । त्यसपछि आदिपिता कश्यपका सन्तानहरुले कश्यपमीर/काश्यपमीर (काश्मीर) भएर सम्पूर्ण पृथ्वीमा आफ्नो आधिपत्य जमाए । परशुरामबाट पृथ्वी दान पाएपछि त प्रजापति कश्यपलाई पृथ्वीको ठूलो भार आइपर्‍यो पृथ्वीको सृष्टि गर्ने । परशुरामबाट दान ग्रहण गरेपछि उनलाई कानूनी मान्यता प्राप्त भये । उनले काश्यपी सृष्टि गरेर पृथ्वीको उद्धार गरे । उनको सृष्टि विस्तार देखेर पृथ्वी मुस्काइन् । पछि विन्ध्याचललाई आधार मानेर छुट्टिएको आर्य समाजको ब्राद्मण समाज पनि पञ्चगौड र पञ्चद्राविड ब्राद्मण समाज भनेर एउटै बाबुका सन्तानहरु धेरै भागमा विभाजित भए । कान्यकुञ्ज (कन्नौज) ब्राद्मणको पङ्तिमा दरिँदा कश्यपका सन्तानले सत्ययुग (कृतयुग) पार गरिसकेका थिए । कान्यकुब्जको विशाल ब्राद्मण समाजमा बसुञ्जेल यी ब्राद्मणहरुले आदिकुलपिता कश्यप/काश्यपलाई सम्भेफ्र आफ्ना नामका पछाडि ‘कश्यप’ जोड्ने गर्दथे, जसरी अहिले हामी ‘अधिकारी’ लेख्दछौं । त्यसैले प्रजापति कश्यपपछिका महर्षिहरु निधुव कश्यप, असित कश्यप, देवल कश्यप, कुण्डपायी कश्यप, शाण्डिल्य कश्यप, रैभ्य कश्यप आदिले प्रसिद्ध भए । प्रजापति कश्यप पनि पिताजीका नामलाई जोडेर ‘मारी कश्यप’ भनिन्थे । आर्य समाजको एक हाँगामा विभाजित कान्यकुब्ज ब्राद्मणको इज्जत, मान प्रतिष्ठा ज्यादै उच्च थियो । क्षेत्रीय पनि कर्मका आधारमा ब्राद्मणको इज्जत, मान प्रतिष्ठा ज्यादै उच्च थियो । क्षेत्रीय पनि कर्मका आधारमा ब्राद्मण हुनसक्थे । त्यसैले ‘ब्राद्मण’ शब्दले सम्पूर्ण आर्य समाजलाई बोध गराउँथ्यो तापनि वेद पढ्ने वा पढाउने नै मुख्य व्यवसाय ब्राद्मणको हुन्थ्यो । अत्यन्त ठूला शत्तिफ् भएका यी ब्राद्मणहरु निष्ठा कर्मका आधारमा ब्राद्मण, क्षत्रिय, वैश्य र शूद्र हुन्थे, सानो–ठूलोको कुनै भेदभाव थिएन ।
सत्य–त्रेतादेखि नै विभिन्न कालमा कश्यपका सन्तानहरु उत्तरी हिमालय कैलाश ऋङ्खलासम्म पनि आई समाधिमा अधीनस्थ हुन्थे । सम्पूर्ण हिमालय खण्ड त तीर्थस्थल जस्तो पुण्यभूमि थियो । कहिले मैदानी भागका जनता हिमालयतिर लाग्ने र कुनै विघ्न–बाधा वा दैवी प्रकोप आदि आइपर्दा कहिले तल मैदानमा भफ्रे आपूफ्लाई आत्मसात् गर्ने परम्परा बसिसकेको थियो ।
यस्तै मध्यकालको पूर्वार्द्धमा पश्चिम नेपाल कर्णाली प्रदेशका सिञ्जा र दुल्लूबाट ‘खस’ राज्यको शासन चल्दथ्यो । त्यसबेला केन्द्रीय शत्तिफ् खसराज्य कर्णालीकै भए पनि दुर्गमताका कारण स्थानीय सामन्तहरुलाई नै अधिकार प्रत्यायोजन गरिएको थियो । पाल्पा भेगमा त्यतिबेला पौराणिक राज नीपको राज्य कताकता पुगिसकेको थियो । कालान्तरमा यहाँ कर्णाली भेगका खस राजाहरुको आधिपत्य जमेको थियो । खसहरुका अधिकृतका रुपमा क्षेत्री–ब्राद्मणहरु नै खटिएर जुम्ला, कालिकोट भेगबाट यहाँ पाल्पा क्षेत्रमा आइबसेका थिए तर कालको चत्रफ् न हो खस राज्य छिन्न भिन्न भयो । गण्डकी तथा कर्णाली प्रदेशमा चौबीसी–बाइसी राज्यको अस्तित्व कायम हुन पुग्यो । पाल्पा क्षेत्रमा आएर एक प्रकारले स्थायी बसोबास गरी बसिसकेका खस बाहुन तथा अन्य ब्राद्मणलाई पेफ्रि कालिकोट, जुम्ला अथवा कर्णाली प्रदेशको आफ्नो पुर्ख्यौली थलोमा पर्फ्कन पनि कठिन भयो । अर्कोतिर यहाँ हिन्दु निष्ठामा रहेर जीवन बिताउन पनि कठिन थियो । उनीहरु हिन्दु परम्परा बढाउन चाहन्थे । यहाँ पाल्पा भेगमा रहँदा पनि मगर राजाहरुको एकछत्र मनोमानी शासन प्रणालीलाई राम्रो नमान्ने स्थिति पैदा भयो । यही समयमा दक्षिणतिरबाट बढेर आएका सेनवंशी राजपुतहरुलाई साथ दिनु र उनीहरुलाई राज्यमा आसीन गराउनु हिन्दु–क्षेत्री–ब्राद्मणहरुले उचित ठाने । यिनै सेनवंशका चन्द्रसेनका छोरा रुद्रसेनले पाल्पाका मगर मुखियालाई हराई आफ्नो प्रभाव बढाएर तानसेनलाई राजधानी तुल्याए । उनीहरुका साथ लागि प्रयागबाट आएका गौडी ब्राद्मणहरु पनि कालिकोटे कान्यकुब्जी ब्राद्मणहरुसँग आपूफ्लाई आत्मसात् गरी आदिपिता कश्यप/काश्यपको धर्म–आचरणलाई थामेर आफ्ना सन्तानको रक्षा गर्दै अघि बढे । अर्कोतपफर्् माडव्यगोत्री अधिकारी क्षेत्री–ब्राद्मणहरु पनि पाल्पा माडीमा पहिलेदेखि रहँदै आएका थिए । यहाँ अहिलेसम्म माण्डव्य ऋषिको भव्य पूजा–आजा चल्दछ । शत्तिफ्शाली पाल्पाली राजा मुकुन्दसेन (प्रथम) का ज्योतिषी राजपण्डित बनी राज्य संचालनमा साथ दिन पुगेका ज्योतिषी रामपाध्या अधिकारी अत्यन्त धर्मात्मा व्यत्तिफ्त्व थिए । उनका पुर्खा अधिकारी जीवापाध्याले कालिकोट बूढिकोटका सारुप्रताप वर्माबाट शाके १२८ मा खिर्कीसैन विर्ता प्राप्त गरी ‘अधिकारी’ पदको सरकारी प्रतिष्ठा प्राप्त गरेका थिए भन्ने इतिहास पाइन्छ । (नेपाल सौरभी–पृष्ठ १८) त्यसपछि नै यिनका सन्तानहरु ‘अलना अधिकारी’ बाट ‘खिर्सिने’ अधिकारीमा परिवर्तन भएका हुन् भन्ने इतिहासकारहरुको भनाई पाइन्छ । खिर्सिने शब्दको अपभ्रंश भएर होला । मेरा हजुरबा टीकादत्त अधिकारी भने हामी ‘खिरिकिस्ने’ अधिकारी हौं भन्नुहुन्थ्यो ।
राज्य एकीकरण अभियानमा तनहुँ, गोरखा हुँदै उपत्यका तपफर्् बढेको समयमा ज्योतिषी रामपाध्या अधिकारीले पाल्पाली राजा मुनि मुकुन्दसेनबाट गोरखाको स्यार्नान् अजिरकोट क्षेत्र अन्तर्गत हालको हंशपुर गा.वि.स.मा विर्ता प्राप्त गरेका थिए । पिताजीले प्राप्त गरेको विर्तामा उनका छोरा सुन्दर पाध्या हालको हंशपुर गा.वि.स. वडा नं. २ मा पर्ने डिहिटारमा करिव ४५० वर्ष अघि नै बसोबास सुरु गरेका थिए । सुन्दर पाध्यायले पिताजीको सम्भफ्नामा यही ठाउँमा एउटा स्थान बनाएर रामपाध्यायाको पूजा–आजा गर्ने परम्परा चलाए । यसको प्रमुख कारण रामपाध्याको असामयिक निधनले दुःखित बनेका मुनि मुकुन्दसेनले तानसेनको श्रीनगर डाँडामा आफ्नो परिसरभित्रै रामपाध्यालाई साक्षात् ईश्वर मानी मन्दिर निर्माण गरेर पूजा गर्ने चलन चलाएको उनले देखेका थिए । अर्को कुरा कालगतिले नमरी दुःखद घटनामा परेर मर्नेहरुलाई पूजा गर्ने परम्परा पनि हामीमा छँदै थियो । अहिले रामपाध्याको विर्ता सबै जातजातिको साभफ पूफ्लवारी बनेको छ । (हंशपुर गा.वि.स., गोरखाको भिलेज प्रोपफइल, पृष्ठ १०, ११ । ३६) । उनको सम्भफ्ना स्वरुप उहिलेदेखि स्थानीय मण्डलीका रुपमा पुज्दै आएका टाहारको रामपाध्याको मन्दिर यसको प्रमाण हो । अहिले रामपाध्याका सन्तानहरुका अधिकारी ब्राद्मण, जैसी र क्षेत्रीहरुका घरधुरी संख्या यस हंशपुर गा.वि.स., गोरखामा मात्र २६६ रहेका छन् भने उनका भाइका खलक गोरखा, कुसुण्डे गाउँमा ९८ घरधुरी बसोबास गर्छन् । रामपाध्याका सन्तानहरु तराई र अन्य शहर बजारमा पनि उत्तिकै छन् । उनका भाइखलक बन्दिपुर र नुवाकोट चोकमा पनि बस्दछन् भन्ने कुरा बुढापाकाको मुखबाट सुन्न पाइन्छ ।
२. कुलधर्म
नेपाल भन्नु नै गाउँघर हो । नेपाली ग्रामीण जीवन अनेकानेक परम्परा, मान्यता विश्वासमा अडेको छ । यो आफ्नै प्राकृतिक शैलीमा बाँचेको छ । नेपाली लोकजीवनको सामाजिक तह र मर्यादा ज्यादै शान्त र सादा लाग्दछ । हाम्रा मान्यता र विश्वासभित्र शुद्ध नेपाली संस्कृति भफ्ल्कन्छ । अतः शास्त्रमा उल्लेख नगरिएका तर शिष्टविद्धानहरुबाट समर्थन पाएर परम्परादेखि चलनचल्तीमा आई लोक–विश्वासमा भिजेको लोक चलनहरु नै धर्म हुन् । (मनुस्मृति १२।१०८) । यसैले स्थानीयता र सामाजिक परम्परामा कुल वा वंशले अपनाउँदै आएको परम्परागत आचारविचार, चालचलन, मर्यादापूर्ण व्यवहार नै कुल धर्म हो । हिन्दु समाजमा कुल नै जीवनको आधार बनेको पाइन्छ । व्यत्तिफ् समाज पा राष्ट्रको धार्मिक परम्परामा ‘कुलधर्म’ सबभन्दा सशत्तफ्रुपमा मौलिक परम्परा बनेर जीवित रहेको भेटिन्छ । महाभारत भीष्मपर्व (२५/४०) का अनुसार पनि सनातनदेखि चलेर आएको कुलाचारलाई नै कुलधर्म भनिन्छ । यस्तै श्रीमद्भागवत गीता (१।४० मा पनि भनिएको छ– “कुलक्षये प्रणशयन्ति कुलधर्माः सनातनाः” अर्थात् वंश/कुलको नाश भएपछि परम्परादेखि चलिआएको कुलधर्महरुको लोप हुन्छ । यसले के स्पष्ट पार्छ भने कुलपूजा पौराणिक कालदेखि नै जनमानसमा आफ्नो कुल र परम्पराको आधार बनेर आएको थियो । कुलपूजाले नै कुनै पनि वंशको खानदानी र घरानियाँ मर्यादालाई कायम राखेको हुन्छ, कुलको सदाचार, श्रेष्ठ, मर्यादा, नैतिक पहिचानलाई सुरक्षित गर्दछ । कुलपूजाको महिमा, व्यापकता र महानतालाई नाप्न सकिदैन । “ॐ कुलदेवाय नमः ।। भनेर वेदले पनि कुलदेवतालाई मानेको पाइन्छ ।
३. कुलायन पूजा परम्परा (सम्पा)
कुलायन आफ्नो कुलका देवता हुन् । यसर्थ कुलदेवता भन्नसाथै आफ्नो सगोत्री वंशका देवता भन्ने बुझ्नुपर्दछ । कुलको उन्नति–प्रगति तथा पफ्लिपफपका लागि पनि कुलको सादर स्मरण गर्नु, कुलदेवता पूजा गर्नु, भत्तिफ्भावले अर्चना र श्रद्धा राख्नु हाम्रो परम कर्तव्य ठहरिन्छ । कुलको अभ्युदय होस्, शाखा–सन्तान, विद्या–वुद्धि आदिले सुयोग्य र चरित्रवान् बनुन् भन्ने हेतुले नै कुलायन पूजा गर्ने चलन चलेर आएको हो । कुलायन पूजा पौराणिक कालदेखि नै गरिन्थ्यो भन्ने कुरा श्रीमद्भागवत महापुराण (१०।५३) बाट बुझ्न सकिन्छ । पौराणिक कालका विदर्भ देशका राजाहरुमा पनि कुलदेवताको पूजा गर्ने चलन भएको पाइन्छ । राजा भीष्मकले आफ्नी सुपुत्रीको विवाह कार्यका लागि शुभ–लग्नको अघिल्लो दिन रुक्मिणीलाई हरण गरेर लगेको कुराको वर्णय उत्रफ् गन्थमा भेटिन्छ । यस्तै सीताको खोज खबरमा गएका हनुमानले लङ्कापति रावणको कुल देवताको मन्दिरलाई ध्वस्त पारेर छाडेको वर्णन वाल्मीकि रामायणको सुन्दरकाण्डको सर्ग ४३ मा पाइन्छ । यस्तै मल्लकालीन राजाहरुले पनि आफ्नो परम्परानुसार देवालीपूजा गरेको कुराको वर्णन वंशावलीहरुको ठाउँठाउँमा नपाइने होइन । मल्ल राजाहरुबाट देवाली पूजाका रुपमा पुजित “देगु तलेजु’ अर्थात् ‘तुलजा भवानी’ उनीहरुकी इष्टदेवी हुन् । यिनका मन्दिर आजसम्म पनि भत्तफ्पुर र काठमाडौंमा छँदैछन् । त्यस्तै इष्ट देवदेवीका रुपमा शाहकालीन राजाहरुले पनि गोरखनाथ तथा कालिकाको पूजा–आराधाना गर्दै आएको परम्परा कायमै पाइन्छ ।
यसरी नेपाली लोकजीवनमा कुलायन पूजा आराधाना गर्दै आएको परम्परा कायमै पाइन्छ ।
यसरी नेपाली लोकजीवनमा कुलायन–पूजाको परम्परा प्राचीन कालदेखि रहँदै आएको स्पष्ट देखिन्छ । कुलायनपूजा आ–आफ्ना जातिमा पनि आ–आफ्ना गोत्रेभाइहरु मिलेर आफ्नो क्षेत्र गाउँ–टोलपिच्छे पफ्रक–पफ्रक रुपमा गर्दै आएको पाइन्छ । यस्तै कश्यप/काश्यप गोत्री अधिकारीहरुका पनि आ–आफ्नै थातथलो र नजिकका भाइहरु मिली ठाउँपिच्छे पफ्रक–पफ्रक रुपमा जम्मा भएर कहीँ बाह्र–बाह्र वर्षमा, कतै तीन–तीन वर्षमा कतै वर्ष–वर्ष दिनमा पूजा गर्दै आएको भेटिन्छ ।
कुलायन देवता सामूहिक रुपमा मात्रै नभए व्यत्तिफ्गत रुपमा पनि घर–घरमा पुजिन्छन् । घरका बारी वा छेउछाउमा तथा कसैको घरभित्रै पनि कुलायन स्थापना गरी पूजा गर्ने चलन परम्परादेखि चलि आएको भेटिन्छ । विवाह–ब्रतबन्धादि कार्य गर्दा वा घरमा शुभ कार्य गर्दा कुल देवतालाई पूजा गर्ने वा सम्भफ्ने गरिन्छ । बार्षिक पर्व उत्सव, संस्कार–समारोहमा पूजा गरेर वा धूपदीप गरेर वा धजो चढाएर वा जसरी भए पनि कुलायनलाई सम्भफ्ने चलन हाम्रो यस स्यार्तान् अजिरकोट क्षेत्रका कश्यपगोत्री अधिकारी बन्धु समाजमा यथेष्ट भेटिन्छ । दही मथेर घरमा धुपौरोभरि आगोको कोइला राखेर नौनी घिउले धूप हाल्न, “परमेश्वर कुलायन देवता” भनी धूप–धुँवार गर्न मैले ब्रतबन्ध गरेको लगत्तैदेखि सुरु गरेको हुँ । तर अहिले त गाई–भैंसी पालेर देवी–देवतालाई धूपदीप गर्न पनि शहरी वातावरणमा पुगेका दाजुभाईलाई त दुर्लभ भइसक्यो ।
अन्तमा म के भन्छु भने सबै कश्यप/काश्यपवंशी अधिकारीहरुले आफ्नो टोल/गाउँ वा क्षेत्रमा पायक पर्ने ठाउँमा कुलपुरुष कश्यपको प्रतिमा स्थापना गरी अनुकूल अनुसार वष–वर्ष दिनमा, तीन–तीन वर्षमा वा अनुकूलतानुसार नियम बाँधी श्रद्धाभावले कुलको पूजा गर्नुपर्दछ । शहरिया दाजुभाइहरुले पनि पायक पर्ने ठाउँमा मन्दिर बनाई बार्षिक समारोहकै रुपमा यसलाई व्यवस्थित गरी कुलपूजाको नियम बसालेर कुलको रक्षा गर्न परमेश्वरले सद्वुद्धि दिउन भन्ने मेरो आग्रह छ । कुलपुरुष कश्यपको प्रतिमाका वरिपरि परम्परानुसार पुजिदै आएका अन्य मष्टदेवता, इष्टदेवी आदिको प्रतिमा स्थापना गरी व्यवस्थित रुपमा आफ्ना कुलदेवताको पूजा–अर्चनाको व्यवस्था मिलाउनुपर्छ । कुल पुरुष हाम्रा अग्रज र पथप्रदर्शक भएकाले उनको श्रद्धा–भत्तिफ्पूर्वक आराधाना गर्नु, पूजा–अर्चना गर्नु हाम्रो कर्तव्य हो, यसलाई कायम राख्नु सन्तानको दायित्व हो । कुलायन पूजा हाम्रो पहिचान हो, हाम्रो अस्तित्व हो ।

साभारः कश्यप गोत्रीय अधिकारी वंशको इतिहास २०६०

Leave a Comment

Your email address will not be published.