कश्यप गोत्र प्रवर्तक महर्षि मारीचकश्यप

कश्यप गोत्र प्रवर्तक महर्षि मारीचकश्यप

–डा. सूर्यमणि अधिकारी

गोत्र शब्दको अर्थ गोरक्षक अथवा गाईगोठ भन्ने हुन्छ । तसर्थ गोत्रको तात्पर्य मानवसभ्यता विकासत्रफ्मको पशुपालक अवस्थासँग सम्बन्धित देखिन्छ । गोत्रले ऋषिकुल परम्परालाई पनि जनाउँछ । महाभारत शान्तिपर्व (२९७ः१७) मा कश्यप, अङ्गिरस, भृगु र वशिष्ठलाई प्रमुख गोत्र प्रवर्तक बताइएको छ । महाभारत आदि पर्व अध्याय ६५ मा सृष्टिकर्ता ब्रद्माजीका मरीचिका मानसपुत्र कश्यप भए भनिएको छ अर्थात् कश्यपजीलाई ब्रद्माजीका नाति बताइएको छ । तर वाल्मीकि रामायणको अरण्यकाण्ड अन्तर्गत चौथो सर्गमा कश्यपजीलाई ब्रद्माजीका कनिष्ठपुत्र भनिएको छ । यसै प्रकारले अन्य कतिपय पौराणिक ग्रन्थमा कश्यपजीलाई कुनैमा ब्रद्माजीका छोरा र कुनैमा नाति बताइएको छ तापनि ब्रद्माजीका नाति भन्ने मान्यता नै बढी उपयुत्तफ् देखिन्छ ।
काश्यपी सृष्टि– पौराणिक साहित्य अनुसार हाम्रो यस मन्वन्तरलाई वैवश्वत मन्वन्तर भनिन्छ । वैवश्वत मन्वन्तरको सृष्टिलाई कश्यप ऋषिका नामबाट ‘काश्यपी सृष्टि’ भन्ने पनि चलन छ । ब्रद्माण्ड पुराण –अध्यय ८९ मा पृथ्वीलाई नै ‘काश्यपी’ भनिएको छ । मध्य–एशियामा कश्यप नामको एउटा सागर पनि छ । आर्य जातिको उद्गमस्थल कश्यप सागर ९ऋबकउष्बल क्भब० आसपासको क्षेत्र मानिएको छ । वाल्मीकि रामायण, विष्णुपुराण, महाभारत तथा अग्नीपुराणमा कश्यपजीले आफ्ना २१ वटी पत्नीमा गर्भाधान त्रिफ्याद्धारा यावत् स्थावर–जङ्गमको सृष्टि गरे भन्ने लेखिएको छ । उनका २१ वटी पत्नी यस प्रकार थिए – अनिति, दिति, दनु, अरिष्टा, सुरसा, खशा, सुरभि, विनता, ताम्रा, त्रफेधवशा, इरा, कद्रु, मुनि, पुलोमा, कालका, नटा, दनायुस, सिंहिका, प्रधा, विश्वा र कपिला । भागवत पुराणमा भगवान विष्णुले कश्यप र अदिति पुत्रको रुपमा वामनावतार तथा कश्यप (वसुदेव) र अदिति (देवकी) पुत्रको रुपमा श्रीकृष्णवतार लिएका थिए भनिएको छ । कश्यपजीका २१ मध्ये १३ वटी पत्नीलाई दक्ष प्रजापतिका छोरी बताइएको छ ।
कश्यपजी विराट व्यत्तिफ्त्व सम्पन्न थिए । प्राचीन भारतवर्षमा उनको ठूलो नाम थियो । उनी प्राचीन गौरवमय हिन्दु परम्पराका अग्रदूत नै थिए । यसर्थ प्रायः सबै हिन्दु धर्मग्रन्थमा उनको अत्यन्त सम्मानसाथ चर्चा गरिएको छ । हिन्दु पौराणिक साहित्यमा कश्यपजीसँग सृष्टिको व्यापकता जोडिएको पाइन्छ, जस्तै–
क) कश्यपजीकी प्रथम पत्नी अदितिका गर्भबाट विष्णु, शत्रफ्, अर्यम, धाता, त्वष्टा, पूषा, विवस्वान, सविता, मित्र, वरुण, अंश र भाग नामका द्वादशादित्य अर्थात् १२ पुत्र पैदा भए । तेत्तीसकोटी देवता यिनै द्वादशादित्यबाट जन्मिए ।
ख) उनकी दोस्रो पत्नी दितिबाट हिरण्यकशिपु, हिण्याक्ष र सिंहिका जन्मिए । समस्त दैत्य जति उनीहरुबाट पैदा भए ।
ग) तेस्री दनुबाट द्विमुर्धा, शम्बर, अयोमुख, शंकुशिरस, कपिल, शङ्कर, एकचत्रफ्, महाबाहु, तारक, महाबल, स्वर्भानु, बृषपर्वा, पुलोमा र विप्रचिति नामका दानवहरु जन्मिए, सम्पूर्ण दावनजाति यिनीहरुकै शाखा सन्तान थिए ।
घ) अर्की पत्नी सुरभिबाट अज, एकपाद, अभिर्बुद्धन्य, त्वष्टा र रुद्र जन्मे, त्यस्तै हर, बहुरुप, त्र्यंवक, अपराजित, बृषकपि, शम्भु, कपर्दि, रैवत, मृगव्याधा, सर्प र कपाली नामका एकादश रुद्रको जन्म सुरभिका कोखबाट भएको बताइएको छ ।
ङ) विनताबाट गरुड लगायत पशुपञ्छीको उत्पत्ति भयो र कद्रूबाट नाग लगायत सरिसृप जन्मिए ।
च) एवं प्रकारले सृष्टिको व्यापकता पैफ्लिदै गयो भनिएको छ ।

उपर्युत्तफ् वर्णनमा पर्याप्त अतिशयोत्तिफ् भए तापनि महर्षि कश्यप मानव जातिका प्रमुख श्रेष्ठ पुर्खा मध्ये एक थिए भन्नेमा सन्देह छैन ।
आश्रम र समय – महर्षि कश्यप विरचित काश्यपसंहितामा धन्वन्तरिको मत दिइएको छ तर उनका अनुयायी दिवोदास र सुश्रुतको उल्लेख छैन । गुरुदक्षिणामा दिइने घोडाहरु लिन गालव ऋषि काशी नरेश दिवोदास कहाँ पुग्दा उनलाई मरीचिपुत्र कश्यपको आश्रम हिमालय नजिकै पश्चिमोत्तर भागमा अवस्थित छ भनी निर्देशक गरिएको उल्लेख महाभारतमा छ । यसर्थ महर्षि कश्यप धन्वन्तरिपछि उनका चौथो पुस्ताका दिवोदासका समकालीन थिए भन्ने प्रतीत हुन्छ । काश्यपसंहिता कल्पाध्यायमा – “हुताग्निहोत्रमासिनं गङ्गाद्वारे प्रजापतिम्” अर्थात् अग्निहोत्री तपस्वीको रुपमा कश्यपजी गङ्गाको मुहाननेर बस्दथे भनेर अहिलेको बदरिकाश्रमलाई लक्ष्य गरेको बुभिफ्न्छ । ऋग्वैदिक युग (२०००–१२०० इ.पू.) को प्रारम्भतिरका राजा दिवोदासका समकालीन भएकाले मारीचकश्यप वैदिक महर्षि कश्यपले रचना गरेको बताइन्छ । ऋक्सर्वानुत्रफ्म (म.१, सू.९९) मा – “जाततवेदस एका जातवेदस्यमेतदादीन्येका भूयांसि सुत्तफ्सहस्रमेतत्कश्यपार्षम्” भन्ने उल्लेख छ । वेदार्थदीपिका –पू.९१) मा अभफ् प्रष्ट पार्दै “एतत्सूत्तफ्सहस्रं कश्यपजीका अनुवर्तीहरु काश्यप, आवत्सार र नैधुवले रचना गरेका अनेकसूत्तफ्हरु छन् । तर ऋग्वेदमा भएका कश्यपका एकहजार सूत्तफ् अहिले लोप छन् । सम्भवतः ती सूत्तफ्मा औषधीहरुकै वर्णन थियो । तिनै सूत्तफ्का आधारमा एक लाख श्लोक भएको आयुर्वेद ग्रन्थ बृहत् काश्यपसंहिता रचिएको हुन सक्छ । काश्यपसंहिताको नाम प्राप्त अन्य एक ग्रन्थको अध्याय १३ मा शिव–पार्वती संवादको रुपमा लेखिएको छ –
ऋग्वेदस्योपवेदाङ्ग काश्यपं रचित पुरा ।
लक्षग्रन्थं महातेज : अमेयं मम दीयताम् ।।

यहाँ काश्यपसंहितालाई लक्षग्रन्थ भनिएको छ । काश्यपसंहिता नाम भएका अनेका ग्रन्थ उपलब्ध छन् । तर त्यसको मूलरुप भेटिएको छैन । काश्यपमहासंहिताको संक्षिप्त रुप आचार्य बृद्धजीवकले बृद्धजीवनतन्त्रका रुपमा प्रस्तुत गरे । त्यो पनि लोप भएपछि पुनः वात्स्यद्वारा प्राप्त गरेर त्यसलाई संस्कार गरियो । ताडपत्रमा लेखिएको त्यसको जीर्णशीर्ण खण्डित रुप केही वर्ष पहिले राजगुरु पं.हेमराज शर्माले पेफ्ला पारेका थिए । त्यसमा प्रारम्भका १०–१२ अध्याय खण्डित छन् भने ८० अध्ययाय मध्येमा केवल २५ अध्याय मात्र प्राप्त भएका छन् । यसको लिपि सात–आठसय वर्ष पुरानो छ । कश्यपका नामबाट रचित अन्य ग्रन्थमा कश्यपस्मृति र कश्योत्तरसंहिता पनि छन् ।
कश्यम–नाम एक, व्यत्तिफ् अनेक– हिन्दु साहित्यमा सत्युगदेखि लिएर द्वापरयुगको अन्तसम्म तथा ऋगवैदिककालदेखि पौराणिककालसम्म कश्यप नाम गरेका ऋषिहरुको उल्लेख पाइन्छ । एकजना कश्यप सत्ययुगका राजा दिवोदासका समकालीन थिए भने अर्का कश्यप द्वापरयुगको अन्तताकाका राजा परीक्षितका समकालीन थिए । एकजना व्यत्तिफ् हजारौं वर्षको दीर्घजीवी हुन सम्भव छैन । तसर्थ कश्यप नाम गुरु शिष्य अथवा वंश परम्पराको द्योतक थियो । त्यस नामका अनेक ऋषि–महर्षि थिए भन्ने बुभफ्न्छि । कश्यप ऋषिको उल्लेख भएका मुख्य विवरण यसप्रकार पाइएका छन् ।
१) महाभारत (१ः६५) अनुसार ब्रद्माजीका मानसपुत्र मरीचि र मरीचिका पनि मानसपुत्र कश्यप थिए । आफ्ना पत्नीहरुमा गर्भाधान प्रत्रिफ्याद्वारा सन्तान पैदा गर्ने पहिला पुरुष कश्यप नै थिए ।
२) भागवतपुराण (दशमस्कन्द) अनुसार चाक्षुष मन्वन्तरका सुतपस पृश्नी वैवश्वत मन्वन्तरका कश्यप र अदिति भए र विष्णुले अदितिका गर्भबाट बामनावतार लिए । तिनै दम्पत्ति द्वापर युगमा वसुदेव र देवकी भई श्रीकृष्णलाई जन्म दिए ।
३) महाभारतमा सत्युगका राजा दिवोदासको कथा प्रसङ्ग अनुसार महर्षि कश्यप उनका समकालीन देखिन्छन् ।
४) महर्षि कश्यपका नामबाट ऋग्वेदका एकहजार सूत्तफ् रचिएका थिए भन्ने प्रमाण ऋक्सर्वानुत्रफ्म (म.१, सू.९९) ले दिएको छ ।
५) तेत्रायुगमा परशुरामले आपूफ्ले जितेका सबै भूभाग कश्यपलाई दान दिएको वर्णन महाभारत –शान्तिपर्व, अध्याय १७) मा छ ।
६) द्वापरयुगको अन्तमा राजा परीक्षितलाई तक्षक नागले डसेर मार्ने भएपछि त्यसको उपचार गर्न कश्यप ऋषि तम्सिएका थिए भनेर भागवत पुराणमा सविस्तार वर्णन गरिएको छ ।
तसर्थ कश्यप गोत्र प्रवर्तक कश्यप कुनचाहिँ हुन् भन्ने सम्बन्धमा विचार गर्नुपर्ने भएको छ । द्वापर युगमा तक्षक नागले देखाएको लोभमा पफ्स्ने र त्रेतायुगमा परशुरामसँग दान लिने कश्यपहरु अर्कै कश्यप ठहर्दछन् । ऋगवैदिककालका राजा दिवोदासका समकालीन, ऋगवेदका एक हजार सूत्तफ्का रचियता तथा मूल काश्यप महासंहिताका उपदेष्टा तथा विराट व्यत्तिफ्त्व सम्पन्न महर्षि मारीचकश्यप नै कश्यप गोत्रका प्रवर्तक थिए भन्ने देखिएको छ ।
महर्षि कश्यप र खश जाति – नेतृत्व र भाषशास्त्रका दृष्टिले कश्यप नामको व्यापकता त्यस्तै बढी छ । आर्यजातिको उद्गमस्थल कश्यप सागर ९ऋबकउष्बल क्भब० र कश्यप पर्वत ९ऋबगअबकगक ःयगलतबष्ल० आसपासको क्षेत्र मानिएको छ । मानव जातिलाई काकेसस, मङ्गोल र हब्सी गरी तीन प्रमुख नश्ल समूहमा वर्गीकरण गरिएको छ । त्यस्तै हिन्दूकुश पर्वत र काश्मीर नाम पनि कश्यपकै नामबाट रहेको अनुमान गरिन्छ । बेबिलोनियामा प्राचीन समय –अ(१७००–१५५ इ.पू.) मा कस जातिको साम्राज्य थियो । कसहरु पनि प्रकृतिपूजक र बहुदेव उपासक थिए । यी कसहरु नै इरान, अपफ्गानस्तान हुँदै भारतवर्षमा आइपुगेपछि “खश” कहलिएका हुन् । खश भाषा यिनीहरुकै मातृभाषा थियो । अपफ्गानिस्तानदेखि पश्चिम नेपालसम्म आइपुग्दा यिनीहरुले पनि वर्णव्यवस्था अङ्गीकार गरे यिनीहरुको समाजमा पनि ब्राद्मण, क्षेत्रीय, वैश्य र शूद्र चारै वर्ण अस्तित्वमा आए । नेपालको पहाडी सवर्ण समुदायमा खश जातिकै बाहुल्य छ । बेबिलोनियामा शासन गर्ने उत्तफ् प्राचीन कस अर्थात् खश जातिलाई नै वैयत्तिफ्कीकरण ९एभचकयलषष्अबतष्यल० गरी ‘कश्यप’ भनिएको भनाइ पनि छ ।
कश्यप गोत्रका प्रवर – ऋग्वेदको नवम् मण्डलमा र अन्यत्र पनि मारीचकश्यप, काश्यपावत्सार तथा काश्यप निधुविद्धारा दृष्ट अनेक सूत्तफ् पाइएका कुरा सायणचार्यले बताएका छन् । शतपथवंशब्राद्मणमा हरित कश्यप, शिल्प कश्यप र नैधुवि कश्यपको उल्लेख छ । कश्यप गोत्रका त्रिप्रवर बारेमा आपस्तम्व प्रवरकाण्डमा ‘अथ कश्यपानां त्र्यार्षेय ः काश्यपावत्सारनैधुवेति’ भनेर कश्यप गोत्रका काश्यप, आवत्सार र असित समेत तीन प्रवर उल्लेख गरेको छ । पं.शिखरनाथ सुवेदीले थरगोत्रप्रवरावलीमा आपस्तम्व प्रवरकाण्डलाई नै मान्यता दिएर कश्यप गोत्रकाप्रवर काश्यप, आवत्सार र नैधुव हुने बताएका छन् । उता कूर्मपुराण –अध्याय १९।१।२) मा लेखिएको छ –
एतानुत्पाद्य पुत्रांस्तु प्रजासन्तान कारणात् ।
कश्यप ः पुत्रकामस्तु चकारसुमहन्तप : ।।
तस्येव तपतोऽत्यर्थ प्रादुर्भूतौ सुताविमौ ।
वत्सरश्चासितश्चैव तावुभौ ब्रद्मवादिनौ ।।
यसबाट महर्षि कश्यपका दुई छोरा–वत्सर र असित ठूला ब्रद्मवादिन भएको बुभिफ्न्छ । प्रवर भन्नाले प्रभावशाली पुत्र–पौत्रादिलाई जनाउने रहेछ भन्ने पनि यसबाट खुल्दछ । कश्यप गोत्रका त्रिप्रवर भनिने पुरुषहरु काश्यप, आवत्सार, नैधुव अथवा असित महर्षि कश्यपका पुत्र–पौत्रादि रहेछन् भन्न सकिन्छ । प्रवरको शाब्दिक अर्थ ‘प्रमुख’ हुन्छ । तसर्थ गोत्र प्रवर्तकका प्रभावशाली प्रमुख सन्तानलाई प्रवरमा लिने गरेको प्रतीत हुन्छ ।
कश्यप गोत्रीयमध्ये कसै–कसैले काश्यप गोत्रीय भनेर पनि लेख्ने गरेका छन् । तर “कश्यपस्यापत्यम् पुमान् काश्यपः” अर्थात् कश्यपका सन्तानलाई काश्यप भनिन्छ भन्ने अर्थमा गोत्र प्रवर्तक ऋषिका नामबाट नै गोत्र बोलाइने हुँदा “कश्यप” लेख्नु नै वाञ्छनीय ठहर्दछ । त्रिप्रवरका सम्बन्धमा काश्यप, आवत्सार अनि नैधुव अथवा असितमा आफ्नो कुल परम्परानुसार मान्दा हुने देखिन्छ ।
कश्यप गोत्रीय थरहरु – पं. शिखरनाथ सुवेदीले उल्लेख गरेअनुसार शाह र शाही ठकुरी, माभफ्,ी घिमिरे,। गोदार थापा, गर्तौला, अधिकारी, बोगटी, सोणारी, पांडे, वडाल, बुढाथोकी आदिको षेत्र काश्यप अर्थात् कश्यप हो । सबै पशु र पञ्छीहरुको पनि कश्यप गोत्र नै हुन्छ । गोत्र पत्ता नलागेकाहरु ले पनि कश्यप गोत्र लेख्ने गर्दछन् । एउटै ऋषिका शाखा सन्तान भएकाले सगोत्रीबीच बिहेवारी गरिदैन । कश्यप गोत्रीयहरुले वेदमा शुक्लयजुर्वेदको माध्यान्दनीय शाखा, उपवेदमा धनुर्वेद, सूत्रमा कात्यायनीय र शिवजीलाई इष्टदेवता मान्दछन् । कश्यप गोत्रीय अधिकारीहरुकी इष्टदेवी जगदम्वा विन्ध्यवासिनी भगवती हुन् ।

साभार : कश्यपगोत्रीय अधिकारी वंशको इतिहास २०६०

Leave a Comment

Your email address will not be published.