कश्यप गोत्रीय अधिकारी समाज, नेपालको प्रथम महाधिवेशन २०६७, देवघाटधाममा प्रस्तत महासचिवको प्रतिवेदन

सम्वोधन
१. सभापतिद्वयज्यू,
२. प्रमुख अतिथिज्यू,
३. विशिष्ट अतिथिज्यू,
४. विशेष अतिथिज्यू,
५. अतिथिज्यूहरु,
६. यस पवित्र धाममा कल्पवास गर्ने पुण्यात्मा, महामण्डलेश्वर, विद्वान, साधु, सन्त, महन्त, भत्तफ्भत्तिफ्नी, बुबा–आमाहरु,
७. यस समाजमा विशिष्ट चन्दादाताज्यूहरु, आजीवन तथा साधारण सदस्यज्यूहरु, सम्पूर्ण उपस्थित अधिकारी बन्धु तथा अन्य उपस्थित आदरणीयजनहरु र सञ्चारकर्मी मित्रहरु, तीर्थयात्री, धर्मात्माहरु र आयोजक साथीहरु,

१. विषय प्रवेश :
हामी महर्षि कश्यपका सन्तती भएकाले ऋषिकुल परम्परालाई जनाउने गोत्र शब्दसँगै संलग्न भएर गोत्रप्रवर्तक ऋषिका नामले कश्यप गोत्रीय भनेर चिनिदै आएका छौं । वेद, पनिषेद, महाभारत, रामायण, श्रीमद्भागवत लगायत हिन्दुधर्मका प्राचीन पवित्र ग्रन्थहरुमा सत्य, त्रेता र द्वापर युगसम्मका विभिन्न कथा प्रसङ्गहरुमा सृष्टिकर्ता ब्रद्माका मानसपुत्र/पौत्रका रुपमा महर्षि कश्यपको नाम आएको र सप्तऋषि मध्येका एक प्रमुख ऋषिको रुपमा पुजिदै आएका कश्यप ऋषि हाम्रा आदि कुलपिता हुन् भन्न पाउँदा हामी गौरवान्वित छौं ।
थरका हामी अधिकारी हौं । थर भनेको स्थल अर्थात् मूल स्थान भन्ने बुभिफ्न्छ । थरको नामाकरण काम र ठाउँका आधारमा भएको पाइन्छ । ‘अधिकारी’ कामका आधारमा हुन गएको थर रहेछ भन्ने बुभिफ्न्छ । विष्णु पुराणमा सूर्यको रथमा बस्ने अधिकार पाएका व्यत्तिफ्लाई अधिकारिणः भनेको पाइन्छ भने शाङ्ख भाषामा पनि आधिकारिणः शब्दको प्रयोग भएको पाइन्छ भन्ने विद्वानहरुको भनाई छ तापनि अलनापुर भन्ने स्थानका विद्वान भट्टहरु आएर प्राचीन नेपालको खस राज्यमा सरकारी दर्जाको रुपमा दिइएको अधिकारी पद नै परम्परा बनेर हाम्रो थरको रुपमा रहेको हो भन्ने इतिहासकारहरुको ठम्याई छ । यस्तै पौराणिक तथा ऐतिहासिक आधारहरुमा हामी कश्यप गोत्रीय अधिकारी हौं भन्ने कुरा मान्दै आएका छौं ।
अधिकारीहरुमा पनि विविधता पाइन्छ । भँडारे अधिकारी खिड्कीसैन, कवाली, थानसिङे, थामी, ठाडाराई, पुर्सुने गरी सात थरीका अधिकारी र तिनका कश्यप, भारद्वाज, अत्री र माण्डव्य गरी चार वटा गोत्र भएको कुरा डा.सूर्यमणिले लेखेका छन् भने इतिहासकार योगी नरहरिनाथले त त्यसभन्दा पनि बढी प्रकारका अधिकारी भएको उल्लेख गरेका छन् । जतिथरीका अधिकारी भएपनि खस राज्यमा भण्डारको अधिकार पाएका भँडारे अधिकारी, कालीकोट जिल्लाको खिङ्कीसेन भन्ने ठाउँमा बसोबास गर्ने खिङिकसैने अधिकारी, अछाम जिल्लाको कवालेखमा बसोबास गर्ने कवाली अधिकारी र नुवाकोटको थानसिङमा बस्ने थानसिङे अधिकारी एउटै वंशका कश्यप गोत्रीय अधिकारी हुन् । यिनीहरु अलनापुर भन्ने ठाउँबाट आएका हुनाले अलना अधिकारी कहलाएका हुन् । प्रचलित धारणा अनुसार नून नखाने (अलना) भएर अलना अधिकारी भएका होइनन् भन्ने कुरा इतिहासकार डा.सूर्यमणि अधिकारीले उल्लेख गरेका छन् ।
प्राचीन नेपालको सिञ्जाप्रान्त (जुम्ला) बाट पहाडी भूभाग हुँदै पूर्वतिर लागेका अधिकारीहरु प्यूठान, पर्वत, कास्की, लमजुङ्ग हुँदै भफपा तथा भारत, भुटान, वर्मासम्म पुगेको जानकारी हुन्छ । समयको लामो अन्तराल, भौगोलिक दूरी तथा अनेक कारणहरुले गर्दा हाम्रो गोत्रलाई कतै कश्यप त कतै काश्यप भनने गरेको पाइनुले कतै हामी अलग–अलग हौं की भन्ने भ्रम सिर्जना भएको पाइएको छ । तर कश्यप/काश्यप जे भन्ने गरिएको भएपनि प्रवर, वेदको शाखा, कुल देवता/आराध्य देवी पूजा परम्परा सबै समान भेटिएकाले हामी अलग–अलग होइनौ र गोत्र प्रवर्तक ऋषि कश्यप भएकोले र उनकै नाम गोत्रको रुपमा लिइने हुनले हाम्रो गोत्र “कश्यप” हो भन्ने टुङ्गोमा हामी पुगेका छौं र काश्यप गोत्र भन्ने गरिएपनि एउटै परिवारका हामी सबै मिलेर देवघाटधामलाई कुलतीर्थको रुपमा मान्ने अभियानमा सहभागी बनौं भन्ने आग्रह गर्दछौं ।

२. यस संस्थाको स्थापना र उद्देश्य :
नेपालका विभिन्न जिल्लाहश्रमा जस्तै चितवनमा पनि अनेक ठाउँमा स–साना समूह मिलेर कुल पूजा गर्ने प्रचलन रहेको र एउटा सुरक्षित तथा धार्मिक स्थलमा कुलदेवताको मन्दिर बनाउने चाहना सबैमा भएको अवस्थामा पूफ्लवारी कुलपूजा समूहका अग्रज लेखनाथ अधिकारी, अमृतनगर कुलपूजा समूहका कृष्णप्रसाद अधिकारी तथा रुपाकोटे कुल पूजा समूहका ई.जीवनाथ अधिकारीको अगुवाईमा २०६६ बैशाख १८ गते लेखनाथ अधिकारीको घरमा बसी १३ सदस्यीय समिति गठन गरियो । लेखनाथ अधिकारीको संयोजकत्वमा गठित उत्तफ् समितिले २०६७ भदौ २७ गते भरतपुरमा एउटा बृहत अधिकारी भेलाको आयोजना गर्‍यो र त्यस भेलाले ४३ सदस्यीय तदर्थ समिति गठन गर्‍यो । लेखनाथ अधिकारी मानार्थ अध्यक्ष कृष्णप्रसाद अधिकारी कार्यकारी अध्यक्ष रहेको यस समितिले निम्न कार्यहरु गर्‍यो ।

(क) समिति भित्रैबाट सहयोग रकम जम्मा गरी देवघाट, चितवनमा रु. १५,००,०००।– (पन्ध्र लाख) को ५ कठ्ठा घडेरी खरिद,
(ख) कश्यप गोत्रीय अधिकारी समाज, नेपालको नाउँमा जि.प्र.का. चितवनमा संस्था दर्ता,
(ग) कश्यप आश्रम निर्माणको अवधारणा र गुरुयोजना तयारी जसमा शिवालय, विन्द्यवासिनी मन्दिर निर्माण, कश्यप ऋषिको मूर्ति, यज्ञकुण्ड, पुजारी/कर्मचारी निवास, पुस्तकालय/अनुसन्धान केन्द्र स्थापना भवन, वृद्धाश्रम, सभाकक्ष निर्माण आदि योजना रहेका छन्,
(घ) आश्रम निर्माण स्थलमा तारवार, वृक्षारोपण र बाटो निर्माण,
(ङ) भरतपुर जिल्ला विकास समिति कार्यालय अगाडि वृद्धकल्याण सेवा संघको भवनमा कार्यालयको स्थापना र नियमित सञ्चालन,
(च) एकजना वैतनिक कर्मचारीको व्यवस्था,
(छ) पश्चिममा दाङ र पूर्वमा भफपा अनि लमजुङ्ग, तनहुँ, कास्की, काठमाडौं र काभ्रेसम्म प्रचार–प्रसार उपसमिति गठन तथा भेटघाट,
(ज) आजीवन तथा साधारण सदस्यता वितरण र अभिलेख अद्यावधिक राख्ने व्यवस्था,
(झ) प्रथम महाधिवेशन सम्पन्न,

हाम्रो मूल उद्देश्य भनेको हाम्रो कुलतीर्थको रुपमा देवघाटधामलाई मान्नु र कश्यप आश्रमको रुपमा एउटा विशाल संस्था निर्माण गर्नु हो ।
नव निर्वाचित समितिलाई निर्माणको कार्य थालनी गर्न र समय मिलाएर पितृ उद्धारका लागि पितृपुराण लगाउने प्रस्तावका रुपमा हामी राख्न चाहन्छौं ।

मुलयोजना
१) कश्यप गोत्रीय अधिकारी समाजका शाखा, उप–शाखाहरु देशभरि पुर्‍याउने र केन्द्रको रुपमा देवघाटलाई स्थापना गर्ने,
२) उदाहरणीय आश्रमको निर्माण गर्ने र देवघाट धामलाई कश्यप गोत्रीय अधिकारीहरुको कुलतीर्थको रुपमा स्थापना गर्ने,
३) कम्तीमा एक हजार जना आजीवन सदस्य बनाउने र जम्मा भएको रकमले आश्रम निर्माण गर्ने, सदस्यता शुल्कलाई नै मूल आयश्रोत बनाउने,
४) प्राथमिकताको आधारमा कार्य विवरण ः
क) बाटो पानीको व्यवस्था, कम्पाउण्ड, कश्यप ऋषिको मूर्ति स्थापना विन्द्यवासिनी र शिवको मन्दिर निर्माण, यज्ञशाला निर्माण ।
ख) पुस्तकालय, सभागृह, अतिथीगृह, धर्मशाला निर्माण ।
ग) वृद्धाश्रम, अनाथाश्रम निर्माण ।
घ) वयोवृद्धहरुको सम्मान एवं अभिलेख अद्यावधिक गर्न कश्यप गोत्रीय अधिकारीका प्रतिभावान सन्ततिलाई सम्मान गर्ने ।
३. निष्कर्ष :
सचेतबन्धुहरु,
जिज्ञासा तथा जिजीविषाले गर्दा आज बन्धुबान्धवहरु विश्वभरी छरिन पुगेको अवस्था छ, यस्तो आपफ्न्तहरुको टाढिने त्रफ्मले भोलि को कहाँ पुग्ने हो कुनै ठेगान छैन । आज हामीले पुर्ख्यौली सम्बन्ध स्थापना गर्ने यस किसिमको संस्थाको निर्माण गर्नुले अवश्य पनि भावी पुस्ताको लागि नजिकिने माध्यम बन्नेछ । घनिष्टता बढ्नेछ । स्वाभिमान र गौरवको बोध हुनेछ र अस्तित्वको खोजी गर्ने प्रेरणाको स्रोत बन्नेछ भन्ने हामीलाई लागेको छ । त्यसैे धार्मिक दृष्टिले मात्र नभइ सामाजिक दृष्टिले पनि असहाय, वृद्ध, बालबालिका, अशत्तफ् रोगी आदिको सहयोगका लागि पनि कार्यत्रफ्महरु ल्याइनेछन् । यसका लागि उद्दार मन र सत्रिफ्यजनको ठूलो आवश्यकता हुन्छ । जेजस्तो जति र जसरी सहयोग पुर्‍याउन सकिन्छ, सहयोग पुर्‍याई हाम्रो वंशको यो गौरवशाली संस्था निर्माणमा सहभागी हुन आग्रह अनुरोध गर्दछु ।
अन्तमा हामीलाई यो आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउने विश्वशान्ति महायत्रप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै विदा हुन्छु ।
बुद्धिनाथ अधिकारी
महासचिव
कश्यप गोत्रीय अधिकारी समाज, नेपाल
देवघाटधाम, चितवन

Leave a Comment

Your email address will not be published.