कश्यप गोत्रको प्रवर्तन

कश्यप गोत्रको प्रवर्तन

समस्त चराचर जगतका सृष्टिकर्ता ब्रद्माजी हुनुभएको तथ्य शास्त्रहरुले प्रमाणित गरेका छन् । ब्रद्माजीको सर्वोत्कृष्ट सृष्टिका रुपमा मानवलाई लिइएको छ । मानव सृष्टिको ऋङ्खलामा सर्वप्रथम परमपिता ब्रद्माजीले मनले चिताएर मानसपुत्रको रुपमा मरिचीलाई पैदा गर्नुभयो । मरिचीको पुत्ररत्नका रुपमा कश्यप ऋषिलाई पैदा गर्नु भएको प्रसङ्ग शास्त्रहरुमा पाइन्छ ।
कश्यप ऋषि कश्यप गोत्रीय सन्ततिका आदिपुरुष हुनुहुन्छ । सन्तान, कुल र वंशको नालिवेलीलाई प्रमाणित गर्न शास्त्रले थर, गोत्र र प्रवरलाई मूल आधार मानेको छ । सनातन (हिन्दु) धर्ममा आस्था र विश्वास राख्ने सबैले पितृकार्य, देवकार्य, यज्ञयागादि आदि गर्दा आ–आफ्ना नामथरका साथ गोत्र र प्रवरको उच्चारण गरी संकल्प गर्ने शास्त्रीय परम्परा रहिआएको छ ।
गोत्राणाम् तु सहसाणि प्रयुतान्यर्वुदानि च. ।
उनपञ्चाशदेवैषाम् प्रवरा ऋषिदर्शनात् ।
गोत्रहरुको उत्पत्तित्रफ्म ब्रद्माजीका पुत्र–पौत्रका नामबाट प्रारम्भ भएको शास्त्रीय विश्वास छ । गोत्रका प्रकारहरुको सम्बन्धमा माथिको श्लोकअनुसार, करोडौंसम्म हुने अनुमान गर्न सकिन्छ । तर प्रत्येक गोत्रका प्रवर्तक आदि पुरुष ऋषिकुलका ख्यातिप्रात ऋषिबाट हुने कुरामा विद्वत्जनको एकमत रहिआएको छ । उदाहरणका लागि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, बशिष्ठ, अगस्ति आदि नाम गरेका ऋषिहरुको तत्तत् गोत्रनाम स्थापित भएका हिन्दु समाजमा प्रशस्त दृष्टान्तहरु पाइन्छन् ।
गोत्र उच्चारण गर्दा गोत्र र गणको सिलसिलामा मिल्नुपर्दछ । गोत्र र गणको सिलसिला पफ्रक पर्न गएमा प्रवरमा पफ्रक पर्न सक्दछ । जस्तो कश्यप ऋषिका सन्तानहरुको गण नछुट्टयाउने हो भने कश्यप गोत्रीयहरु प्रचलित प्रवरहरुको भिन्नता छुट्टयाउन सकिदैन । त्यसैले गोत्रप्रवर्तक ऋषि नामको गण पहिल्याई आफ्नो कुलवंश कुन गणबाट निसृत भएको हो भन्ने तथ्य पत्ता लगाई त्यसै अनुसार प्रवरको यकीन गर्नुपर्दछ । निर्णयसिन्धु अनुसार कश्यप ऋषिका गणमा निधुवा, कश्यपः रेभा, शाण्डिला, लौगाक्षय नाम गरेका पाँच प्रकारका गण छन् ।
यी पाँच प्रकारका गण मध्ये प्रत्येक गणका छुट्टाछुट्टै प्रवर रहेका देखिन्छन् । निर्णयसिन्धुको ब्याख्या अनुसार प्रत्येक गण अनुसारका प्रवर देहाय बमोजिम रहेका छन् :-
ऋषिगण त्रिप्रवर
१. निधुवा–काश्यप–आवत्सार–निधुव
२. कश्यपा–काश्यप–आवत्सार–असित
३. रेभा–काश्यप–आवत्सार–रैभ्य
४. शाण्डिला–काश्यप–आवत्सार–शाण्डिल्य
५. लौगाक्षय–शाण्डिल्य असित–देवल अथवा काश्यप–असित–देवल

यसरी कश्यप गोत्र र यसका गण र प्रवरको जानकारी राख्न सकेमा प्रत्येक सन्ततिले सगोत्री र अन्य गोत्रीको परिवार कुल र वंशको यकीन गर्न सम्भव भई शास्त्रसम्मत् कार्यप्रति प्रोत्साहित र शास्त्रनिषेधित कार्यप्रति चेतानाबोध भई जीवनकालमा पुण्य प्राप्त गर्न कर्मशील हुन सक्ने शास्त्रीय मान्यता रहेको छ ।

साभार : उदयपुर राज्यको इतिहास तथा अधिकारी वंशावली २०५८

Leave a Comment

Your email address will not be published.