कश्यप/काश्यप वन्धुहरुलाई विशेष अनुरोध :

हामी कश्यप/काश्यप गोत्रीय अधिकारी वन्धुहरुको बसोबास नेपालका करिव सबै जिल्लामा भएको अभिलेख प्राप्त छ । यति ठूलो संख्यामा रहेका वन्धुहरुको सानो सहयोगले मात्र पनि हाम्रो यो संस्था उदाहरणीय बन्न सक्नेछ । यो हाम्रो हो, हामीले बनाउने हो, हाम्रो वंशीय प्रतिष्ठा, गौरव र आस्थाको केन्द्रको रुपमा निर्माण समेतको कार्यका लागि आजीवन सदस्यता ग्रहण गरी औपचारिक रुपमा समाजसँग आवद्ध भएर तथा अन्य रुपमा सहयोग गरेर यो पुण्य कार्यमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं । साथै देशकै पवित्र तिर्थस्थलमा बन्न गइरहेको कश्यप आश्रम हामी सबैको गौरवको विषय हो । अतः सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुले यस पुनित कार्यमा सहभागी भई आश्रमको पूर्णतामा विविध किसमले सहयोग गरी पुण्य लाभ गर्नु हुन विनम्र अनुरोध गर्दछौं ।