कश्यप आश्रमको संक्षिप्त चिनारी

हामी कश्यप गोत्रीय अधिकारीहरू स्वदेश तथा विदेशका विभिन्न स्थानमा छरिएर रहेतापनि हामीहरू बीच एक परम्परागत व्यवहार समान छ, त्यो धार्मिक प्रतिवद्धता । यसै परम्परालाई पालन गर्ने सिलसिलमा हामीद्धारा हाम्रा पुर्खा तथा प्रवर्तकहरूको सदैव सम्मान एवं सम्झना गर्ने परम्परा आजसम्म सवै बन्धुहरूले पालना गर्दै आइरहनु भएको छ । यसै क्रममा हामीले गर्दै आएको कुलपुजा वा दिवाली एक यस्तो पर्व रहिआएको छ । जुन हाम्रा इष्टदेव–इष्टदेवी एवम् हाम्रा पूर्वजहरूलाई सम्झने र मर्यादा गर्ने एक महत्वपूर्ण कडीको रुपमा रहिरहेको छ । संसारमा जोजहाँ रहेपनि कुनै न कुनै रुपमा (बार्षिक एवम् केही बर्ष विराएर) कुलपूजा गर्ने हाम्रो परम्परा विद्यमान छ । यसै सन्दर्भमा चितवनका विभिन्न स्थानमा कुलपूजा गर्दै आएका बन्धुहरू बिच एउटा यस्तो धार्मिक थलोको आवश्यकता महसुस गरियो । जहाँ देशै भरका बन्धुहरू जम्मा भएर संयुक्त रुपमा धार्मिक अनुष्ठान गर्ने, स्थानको खोजी गर्ने प्रंसग चल्यो । यसै क्रममा जिल्लाका विभिन्न स्थानमा जमिन खोज्ने काम हुँदै जादा देशकै मध्य भागमा अवस्थित धार्मिक दृष्टिले पवित्र स्थल, देवादि देवहरूहरूले तपस्या गरेको पवित्र स्थल देवघाटधाम नै उपयुक्त देखिएकोले उक्त स्थानमा ५ कठ्ठा जग्गा व्यवस्था गरी कुलतीर्थस्थल बनाउने उद्देश्यले कश्यपगोत्रीय अधिकारी समाज, नेपाल नामक संस्था गठन गरी कश्यप आश्रम निर्माण गरिएको हो । 

Leave a Comment

Your email address will not be published.