अधिकारीको गोत्र, गण र प्रवर

अधिकारी थर गोत्र, गण वा प्रवरबाट निसृत भएको भन्ने आधिकारिक प्रमाण भेटिएको छैन । तसर्थ अधिकारी थर अधिकार प्राप्त कर्म गर्दै जाँदा समयान्तरमा त्यस्तो कर्म गर्ने अधिकारीहरु जो थिए उनीहरु नै अधिकारी भनेर चिनिन थाले र समाजमा नामका पछि थर जनाउने चलन बलियो हुँदै गएपछि अधिकार प्रात अधिकारीहरुले आफ्नो थर नै अधिकारी चलन गर्न थालेको अनुमान गर्न सकिन्छ । विष्णु पुराण (२ः ११ः १३ः) मा मार्ग महिनामा सूर्यको रथपमा बस्न अधिकारी पाएकाहरुलाई अधिकारिणः भनिएको छ । शाङ्करभाषामा पनि ‘अधिकारिणः’ शब्दको प्रयोग भएको पाइन्छ । यी शास्त्रीय दृष्टान्तहरुबाट पनि अधिकार प्राप्त व्यत्तिफ्हरुले नै अधिकारी थरको चलन चलाएको अनुमान बलियो भएको छ । प्राचीन नेपालमा सरकारी कार्यालयहरुलाई अधिकरण र तिनका प्रमुखलाई अधिकृत भनिन्थ्यो ।
अधिकृत वा अधिकारी दर्जा सामाजिक मर्यादाका हिसाबले अत्यन्त प्रतिष्ठायुत्तफ् भएकाले पनि अधिकारीहरुले आफ्नो प्रतिष्ठालाई सम्मानपूर्वक निरन्तरता दिन आफ्नो थर नै अधिकारी कायम गरकोे भन्ने गरिएका प्रमाण भेटिन्छन् । अधिकारी जस्तैः भण्डारी, कार्की, थापा, खड्का आदि सरकारी दर्जा तत्कालीन खस राज्यमा प्रचलनमा रहेका र हाल पनि यी थर अधिकार प्राप्त कुनै अधिकारीले आफ्नो नाम पछाडि अधिकारी शब्द राखेर एक प्रकारले आफ्नो प्रतिष्ठाको पनि निरन्तरता होओस् भनेर नाम पछाडि अधिकारी शब्द समेत जोडेरचलन गर्न थालेको र पछि सोही प्रतिष्ठासूचक अधिकारी शब्द थरमा रुपान्तर वा कायम भएको निष्कर्ष निकाल्न सकिन्छ ।
समयान्तरमा आइपुग्दा हाल समाजमा अधिकारीहरु विभिन्न प्रकारले जानिने गरेको पाइन्छ । थरले अधिकारी भएतापनि गोत्र पफ्रक भएका उदाहरण पनि हाम्रै समाजमा पाइन्छन् । लेख्य र कथ्प प्रमाणका आधारमा भण्डारे, खिल्चिने, कौवाली, थामी र ठाडाराई गरी पाँच प्रकारका अधिकारी भएको पाइन्छ । यिमध्ये भण्डारे, खिल्चिने, कौवालीले कश्यप गोत्र, थामीले भारद्वाज गोत्र र ठाडाराईले अत्रि गोत्रको चलन गरेको पाइन्छ । थर एउटै भएपनि गोत्र पफ्रक हुनुका कारण बारे पाठकहरुलाई जिज्ञासा हुन सक्छ तर यसको गुहय पत्ता लगाउने थुप्रै शास्त्रीय र ऐतिहासिक आधारहरुलाई प्रमाणको रुपमा जुटाउनु पर्ने हुन्छ जुन कुरा यसमा सम्भव नभएकाले चर्चा गरिएको छैन । अधिकारीहरुको गोत्र ‘कश्यप’ हो । काश्यप उच्चारण गरेर गोत्र परिचय दिने अधिकारीहरु पनि कश्यपगोत्रीय नै हुन् । अज्ञानतावश कश्यप र काश्यपको भेद नपाउनेले उच्चारण काश्यप गरेको हुन सक्दछ । तर निर्णयसिन्धु, धर्मसिधु आदि शास्त्रीय आधारबाट कश्यप र काश्यप गोत्रको पफ्रक थाहा पाउन सकेमा ‘काश्यप’ गोत्र भन्ने अधिकारीहरुले ‘कश्यप’ गोत्र भन्न थाल्नुहुनेछ ।
कश्यप गोत्रीय अधिकारीहरुको गण र प्रवरमा मतैक्यता रहेको पाइदैन । पितृकार्य वा धार्मिक अनुष्ठान गर्दा गोत्र र प्रवरको उच्चारण गरिने तर गणको ख्याल गर्न नपर्ने हाम्रो दैनिक धार्मिक विधिविधान रहेकोले पनि हुन सक्छ– गणले जोड्ने हुँदा गोत्रसँग गण र प्रवरको अन्तरसम्बन्ध रहेको हुन्छ भन्ने जानिराख्नु पर्दछ ।
कश्यप गोत्रीय अधिकारीहरु कश्यप ऋषिका सन्तति भएकाले गोत्रको नाम कश्यप कायम भएकोमा विवाद छैन तर कश्यप ऋषिका पाँच गण विधुवा, कश्यपा, रेभा, शाण्डिला र लौगाक्षयबाटै कश्यप गोत्रका पाँच गण वर्गीकृत छन् । यिनै गणका आधारमा प्रवर निर्धारण भएका छन् । हामी कश्य गोत्रीय अधिकारीहरु कश्यपा गणका सन्तति हौं । हाम्रो त्रि–प्रवर काश्यप, आवत्सर, असित हो । ‘धर्मसिन्धु’ तृतीय परिच्छेदमा गण सम्बन्धमा ‘अथ काश्यप काश्यपावत्सारासितेति त्रय’ भनिएको पाइन्छ । तथापि गोत्र उच्चारण गर्दा पनि कश्यप भन्नुपर्ने अधिकारीहरुले काश्यप गोत्रीय भने जस्तै प्रवर उच्चारण गर्दा पनि अपभ्रंशित अथवा मिश्रित रुपमा प्रकट गरिने प्रवरलाई शुद्ध गर्ने आधार गणको निर्धारणबाट मात्र सम्भव हुन्छ । कश्यप गोत्र भएका अधिकारीहरुको गण कश्यपाः हो । यस अनुरुप त्रि–प्रवरमा ‘काश्यपाआवत्सारअसित’ उच्चारण गर्नुपर्दछ । यदि कश्यप गोत्रधारीहरु कश्यप गणका नभएर अन्य गणका सन्तति भएको खण्डमा भने उनीहरुको प्रवर गण अनुरुप पफ्रक हुन सक्दछ । गण अनुसार प्रवरको व्याख्या अघिल्लो परिच्छेदमा प्रस्तुत गरिसकिएको छ ।
अपाञ्चः एतानुत्पाद्य पुत्रास्तु प्रजासन्तान कारणात् ।
कश्यत:  पुत्रकामस्तु चचार सुमहन्तपः ।।
तस्येव तपतोऽत्यर्थ प्रादुर्भूतौ सुताविमौ ।
वत्सर श्वासितश्चैव तावुभौ ब्रद्मवादिनौ ।।
(कूर्मपुराण, अध्याय १९।१।२)
साभारः पूर्ववत

Leave a Comment

Your email address will not be published.